
सुनाखरी न्युज/ काठमाडौं ।
नुवाकोटको विदुर नगरपालिका–१० स्थित त्रिशूली बजारबाट प्रहरीले घरमा पुरिएको अवस्थामा एउटा शव निकालेको छ । दायाँ हातमा लेखिएको ट्याटुबाट मृतकको पहिचान खुलेको हो ।
उनले नाडीमा आफ्नी पत्नीको नाम दीपिका लेखेको भेटिएको र त्यसैबाट पहिचान गरिएको उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले बताएका छन् । भोटेकोशी विपद्को १२ औँ दिनमा भेटिएको शव करिब ४५ वर्षीय राजेश जोशीको पुष्टि भएको छ ।
जोशी परिवारका एकै घरका ५ जना सदस्य बाढीमा परेर सम्पर्क विहीन भएका थिए । त्रिशूलीमा भेटिएको अर्को शवको पनि पहिचान खुलेको छ । सोही ठाउँमा घरभित्र मृत अवस्थामा भेटिएकी सरिता जोशीको पनि पहिचान खुलेको एसपी रेग्मीले जानकारी दिए ।