२०८३ भदौ २१ , आइतवार

सुन तोलामा ३ हजार १ सय रुपैयाँ घट्यो

_gold

सुनाखरी न्युज/ काठमाडौं ।

आइतबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ तोकेको छ ।

यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७२५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ७६५ रुपैयाँ थियो ।