२०८३ भदौ २० , शनिवार

रसुवा बाढी अपडेट : ४८९८ जना अझै सम्पर्क विहीन, १३४४ को मृत्यु

rasuwa-flood-tunnel-8-1024×500

सुनाखरी न्युज/ काठमाडौं ।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ ।

नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’ मा एक हजार ३४४ शव फेला परेको जनाएको छ ।

प्रहरीले बाढी प्रभावितको खोज, उद्धार र राहतका लागि सात हजार ९१२ जना परिचालन गरिएको पनि जनाएको छ ।

प्रहरीका अनुसार यो तथ्यांक शनिबार बिहान ५ बजेसम्मको हो । तथ्यांकमा अहिलेसम्म ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरूषको शव फेला परेको छ । प्रहरीले आंशिक अंग फेला परेका ५०१ शव रहेको पनि जनाएको छ ।

प्रहरीको पछिल्लो अपडेटमा चार हजार ८९८ जना सम्पर्कविहीन रहेका छन् । सुरक्षाकर्मीले अहिलेसम्म आठ जना ६३१ जना बाढी प्रभावितको उद्धार गरिएको तथ्यांकमा उल्लेख छ ।

 

बाढीमा परी २५ जना प्रहरी सम्पर्कविहीन रहेका र ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका बताइएको छ ।