२०८३ भदौ २० , शनिवार

वीरगन्जका २ होटलमा प्रहरीको छापा, दुई भारतीय महिलासहित ८ जना नियन्त्रणमा

arrested

सुनाखरी न्युज/ काठमाडौं । 

वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार क्षेत्रका दुई होटलमा प्रहरीले छापा मारेर पाँच महिलासहित आठ जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा अनैतिक गतिविधि भइरहेको आशंकामा बुधबार दिउँसो वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरी टोलीले ‘अभिषेक होटल’ र ‘बेदामी होटल’मा छापा मारेको हो।

प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा गएको टोलीले दुवै होटलबाट आठ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये दुई भारतीय महिला र दुई भारतीय पुरुष रहेका छन्। बाँकी चार जनाको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।

नियन्त्रणमा लिइएका सबैसँग आवश्यक सोधपुछ गर्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।