
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक व्यक्तिको शव निकालेको छ । शवको अहिले पहिचान हुन बाँकी छ ।
आयोजनाको सुरुङबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा नेपाल विद्युत प्राधिकरणसमेतको उद्धार टोलीले दुई जनालाई जीवितै उद्धार गरेको थियो ।
उद्धार भएका विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।