२०८३ भदौ १६ , मंगलबार

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

सर्वदलीय-बैठक-जारी-2083-1536×959

 

सुनाखरी न्युज/ काठमाडौं । 

भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी  ( रास्वपा ) का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका विषयमा छलफल हुने जनाइएको छ।

विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न एक संसदीय समिति  ( उच्चस्तरीय सर्वदलीय संयन्त्र )  गठन गर्ने सहमति भएको प्रवक्ता खरेलले बताए।