२०८३ भदौ १५ , सोमवार

आज पनि घट्यो सुनको भाउ, चाँदी स्थिर

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।

सुनको मूल्य घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य भने परिवर्तन भएको छैन । सोमबार पनि चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ मै कारोबार भइरहेको महासंघले जनाएको छ ।