२०८३ भदौ २१ , आइतवार

सुरूङभित्र रहेका मानिस उद्धारका लागि हेलिकप्टरबाट लगियो एक्साभेटर

Exavator

सुनाखरी न्युज/ काठमाडौं ।
नुवकोटस्थित माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्‍याएको छ।

ती उपकरणहरूलाई त्यहाँ खण्ड-खण्ड (डिसमेन्टल) पारेर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको छ।

 

नेपाली सेनाका अनुसार अबको करिब एक घण्टामा सुरङको प्रवेशद्वार (टनेल इन्ट्री) खोल्ने (ब्रेक थ्रु) काम सम्पन्न हुनेछ।

त्यसपछि मात्रै फसेका मानिसहरूको खोजी तथा उद्धार कार्य सुरू हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।