२०८३ भदौ १२ , शुक्रवार

बैंकिङ सेवा बिदाका दिनमा पनि सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

NRB-696×523-1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले रसुवा बाढी पीडितलाई राहत र उद्धारमा सहजीकरणका लागि बैंकिङ  सेवा   सुचारू राख्न निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाले शुक्रबारदेखि आइतबार पनि वित्तीय सेवा दिने भएका छन् ।

केन्द्रीय बैंकका अनुसार, रसुवा बाढीको कारणबाट प्रभावितहरूलाई राहत वितरण तथा उद्धार कार्यमा सघाउ पुर्‍याउने प्रयोजनका लागि अत्यावश्यक बैंकिङ सेवा सुचारु हुनेछ ।

 

साथै बैंकहरूले सेवा सुचारु रहेको जानकारी पनि सर्वसाधारणलाई दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।