२०८३ भदौ १० , बुधवार

‘झिंगे दाउ-२’ को तीज गीतमा जेठानी-देउरानी झगडा

Keki-Achal-in-film-jhinga-dau-2-Milap-news

सुनाखरी न्युज/ काठमाडौं ।

ओएसआर डिजिटलबाट शुक्रवार रिलिज भएको फिल्म ‘झिंगे दाउ’ ले भ्यूजमा हंगामा मच्चाएको छ । पहिलो श्रृंखलाले डिजिटल प्लेटफर्ममा समेत राम्रो प्रतिक्रिया पाइरहेका बेला यसको सिक्वेल ‘झिंगे दाउ २’ को प्रचार सामग्रीले पनि दर्शकको ध्यान तान्न थालेको छ। रातो सारी लगाएर दुई नायिकाले मादल मात्र बजाएका छैनन्, झगडा पनि गरेका छन् । गीतमा जेठानी- देउरानीको झगडालाई प्रस्तुत गरिएको छ ।झिंगे दाउ २’का लागि तीजलाई लक्षित गर्दै एउटा विशेष गीतको छायांकन गरिएको छ।

गीतमा अभिनेत्री केकी अधिकारी र आँचल शर्मा रातो सारीमा देखिएका छन्। उनीहरू गीतमा नाचेका मात्रै छैनन्, कथाअनुसार जेठानी–देउरानीको भूमिकामा एकअर्कासँग नोकझोंकसमेत गरेका छन्। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा एलिना चौहान र रचना रिमालको स्वर छ। रामजी लामिछानेले गीतको नृत्य निर्देशन गरेका छन्। निर्माण पक्षका अनुसार गीत भदौ १० गते सार्वजनिक गर्ने तयारी छ।अभिनेत्री केकी र आँचल गीतले दर्शकको लोभलाग्दो साथ पाउनेमा विश्वस्त देखिएका छन् ।

कपनगढी सिनेमा प्रा।लि र फिल्म क्रिउ नेपाल प्रा. लिको व्यानरमा निर्माण भएको यो फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ । रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह–निर्माता हुन् । विष्णु घिमिरे ‘कल्पित’ को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ । फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन् ।

फिल्ममा केकी र आँचलको साथमा महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ । परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ । फिल्मको टिजरले दर्शकको ध्यान तानिसकेको छ ।