२०८३ भदौ १० , बुधवार

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, नदी आसपास क्षेत्रमा सचेत रहन आग्रह

Rasuwa-badhi-1230-1024×507

सुनाखरी न्युज/ काठमाडौं ।

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको जानकारी आफूले पाएको बताए । तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी आफूले पाएको उनले बताए ।

उनले भने, ‘बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको भन्ने जानकारी पाएको छु । के कति क्षति भएको छ भन्नेबारे अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था छैन । बुझ्ने प्रयास भइरहेको छ ।’

भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको उनले बताए ।