२०८३ भदौ ९ , मंगलबार

अमेरिकी सरकारले करिब २ लाखसम्म विदेशी नागरिकको व्यापारिक र पर्यटक भिसा रद्द गर्ने तयारी

trump

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकी इतिहासमै एकैसाथ सबैभन्दा ठूलो संख्यामा भिसा रद्द हुनेछ। अमेरिकी सरकारले करिब २ लाखसम्म विदेशी नागरिकको व्यापारिक र पर्यटक भिसा रद्द गर्ने तयारी गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले आगामी केही सातामा बी–१ र बी–२ भिसा रद्द गर्ने घोषणा गर्न सक्ने बताएका हुन्।

भिसा रद्द गर्ने तयारीमा रहेका यस्ता व्यक्तिहरू सुरुमा छोटो समयका लागि पर्यटक वा व्यवसायीका रूपमा अमेरिका प्रवेश गरेको थिए। तर‚ पछि यहीँ स्थायी रूपमा बस्न शरणका लागि आवेदन दिएका थिए,’ उनले भने। भिसा रद्द हुनुको अर्थ सम्बन्धित व्यक्तिलाई तत्काल अमेरिकाबाट देश निकाला गरिने भन्ने होइन।

शरणको आवेदन विचाराधीन रहेका व्यक्तिको आप्रवासनसम्बन्धी स्थिति भने प्रभावित हुन सक्छ। सन् २०१६ देखि २०२६ सम्म जारी गरिएका यी भिसामध्ये अमेरिकामा शरणका लागि आवेदन दिएका वा आवेदन दिने प्रक्रियामा रहेका व्यक्तिमाथि कारबाही हुन सक्नेछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकाले भिसा नियमहरू पहिल्यै कडा पारिसकेको छ। आवेदकहरूसँग उनीहरूको सामाजिक सञ्जालको जानकारी मागिँदै छ, महँगो भिसा बन्डको व्यवस्था गरिएको छ र केही देशका नागरिकहरूलाई भिसा दिन रोक लगाइएको छ।