
सुनाखरी न्युज/ काठमाडौं ।
स्व.पद्मरत्न तुलाधर, नानीमैयाँ दाहाल र पीएल सिंहले काठमाडौंको मेयर हुँदा जग्गा प्लटिङ र नयाँ घर निर्माणका लागि स्वीकृति रोकेका थिए । यसको पछाडिको कारण थियो–जग्गा प्लटिङ गर्न दिएमा काठमाडौंको सबै खेतीयोग्य जमिन मासिन्छ । नयाँ घर बनाउन स्वीकृति दिएमा परम्परागत घरको विलयसँगै पानी, फोहोरलगायतको समस्या हुन्छ । बस्ती बाक्लो भएमा प्रदूषण बढ्ने, भुइँचालो आउँदा ठूलो जनधनको क्षति हुने, सार्वजनिक सम्पदा (ढुंगेधारा, कुँवा, मठमन्दिर, ताल, पोखरी, आर्यघाट, पाटीपौवा, चौतारा) मासिने, सरकारी जग्गा कब्जा हुनसक्ने चिन्ता उनीहरुको थियो । त्यतिबेला काठमाडौं निकै खुल्ला थियो । पानीको अभाव थिएन । किनकि जताजतै ढुंगेधारा, कुँवा, कुलो, पानीघट्ट, टुकुचा थियो ।
मानिसहरुले आफ्नो घरको फोहोर आफैं व्यवस्थापन गर्थे । ०५४ सालमा काठमाडौं महानगरपालिकाको मेयरमा एमाले नेता केशव स्थापित आए । विगतका मेयरहरुले रोकेको जग्गा प्लटिङ र नयाँ घर निर्माण स्वीकृति स्थापितले धमाधम दिन थाले । उनकै पालोमा काठमाडौंका अधिकांश सार्वजनिक, गुठी, ऐलानी, हदबन्दी बढी, वनजंगल, राजपरिवारलगायतका जग्गा व्यक्तिका नाममा गयो । यतिसम्म कि आर्यघाट, पानीघट्ट, पोखरी, ढुंगेधारा, तालतलैया, कुँवा, टुकुचा, खोलानाला किनाराका जग्गासमेत कब्जा भयो ।
गोंगबुको एक सय ६१ रोपनी जग्गा स्थापितले नै मेयर हुँदा लोत्से सहकारीलाई ४५ वर्षका लागि कौडीको भाउमा भाडामा दिएका हुन् । यता, जग्गा प्लटिङ स्वीकृति पाएपछि भूमाफियाहरुले काठमाडौंका डाँडाकाँडादेखि खेतबारीसम्म टुक्राटुक्रा पारे ।
डोजर चलाएर डाँडाकाँडालाई समतल पारियो त समतल रहेका खेतबारीलाई टुक्राटुक्रा पारियो । त्यही टुक्रालाई आना भन्दै लाखदेखि करोडौंमा बेचियो । ०७२ वैशाख १२ गते महाभूकम्प आयो । सबैभन्दा बढी जनधनको क्षति काठमाडौंमा भयो । आफ्नै घरले किचिएर धेरैले ज्यान गुमाए । ०४५ र १९९० सालमा पनि भूकम्प आएको थियो । तर, ०७२ जतिको क्षति भएको थिएन । किनकि त्यतिबेला खुल्ला ठाउँ हुनुका साथै ढुंगा, माटोका घर थिए । यसले घर भत्किएपछि मानिसहरु सामान्य घाइतेमात्र भए । अचेल सानो वर्षा हुनेबित्तिकै काठमाडौंका अधिकांश ठाउँ डुब्छन् । पोखरी नै बन्ने गरेको छ । माइतीघर एरिया त जलमग्न नै हुन्छ । तर, डुबान हुने ठाउँमा जताततै घर बनेका छन् । स्थानीय तहकै स्वीकृतिमा ती घर बनाइएको हो । यसले पानी पर्दा त्यस्ता ठाउँका घरधनी र डेराबहाल रातभर निदाउँदैनन् । पानी कहिले घरभित्र छिर्छ ? डर र चिन्ता उनीहरुमा रहन्छ ।
स्थानीय जनप्रतिनिधिहरुले आफ्नो स्वार्थका निम्ति जस्तोसुकै ठाउँमा प्लटिङ र संरचना निर्माण गर्न स्वीकृति दिँदा यस्तो अवस्था सिर्जना भएको हो । काठमाडौंमात्र नभई उपत्यकाकै अवस्था उस्तै छ । ललितपुर र भक्तपुर पनि सानो वर्षा हुनासाथ डुब्छ । कुलो बनाइएका ललितपुरको नख्खु खोला र भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला ओर्लिने गरेको छ । बर्खायाममा यी खोलाले बस्ती डुबाउनका साथै मानिस नै बगाउने गरेको छ । यद्यपि, यसप्रति स्थानीय जनप्रतिनिधिहरु अझैपनि गम्भीर देखिँदैनन् । यतिमात्र होइन, उपत्यकामा बस्ती बाक्लिँदा पानीको चरम अभाव सिर्जना भएको छ । यहाँका पानीघट्ट, कुँवा, कुलो, इनार, ढुंगेधारा सबै मासिएका छन् । पानीका मुहान कतै छैनन् । सिन्धुपाल्चोकको मेलम्चीबासीले पानी दिएका छन् त उपत्यकाबासीले तिर्खा मेटाउन पाइरहेका छन् ।
फोहोर व्यवस्थापनमा पनि निकै कठिनाई उत्पन्न भएको छ । पहिले पनि खुल्ला ठाउँ थियो र मानिसहरु आफ्नै घर वा बस्तीमा फोहोर व्यवस्थापन गर्थे । अहिले त खाली जमिन कतै छैन । अर्कोतर्फ, पहिला एउटा घरमा एक परिवारमात्र बस्नेमा अहिले त एउटै घरमा दर्जनौं परिवार बस्छन् । परिवार बढी भएसँगै फोहोर पनि बढी निस्किन्छन् । तर, फ्याँक्ने चाँहि कहाँ ? नुवाकोट र धादिङबासीले आफुले फोहोर खाएर भएपनि उपत्यकाबासीलाई स्वच्छ वातावरण बाँच्न दिएका छन् । तर, मेलम्चीबासीले पानी रोकिदिए र नुवाकोट–धादिङबासीले फोहोर फ्याँक्न नदिएमा उपत्यकाबासीको के हालत हुन्छ । अहिले उपत्यकामा जग्गा आनाकै लाखदेखि करोडौं छ । कोठा भाडा उत्तिकै चर्को छ । बस्ती बाक्लिएर यहाँ जग्गाको मूल्य र घर भाडा त बढ्यो । यसले उपत्यकाका घरधनीहरुलाई एकदमै लाभ भएको छ ।
तर, पानी नभएमा र फोहोर फ्याँक्न नपाएमा को उपत्यका बस्छ ? स्थानीय जनप्रतिनिधिले धमाधम जग्गा प्लटिङ र घर नक्सा पास गरिदिएर भूमाफियाको हित गरिदिए । माओवादी जनयुद्धलगायत विविध कारणले गाउँ बस्ने अवस्था नभएपछि मानिसहरु उपत्यका छिरे । प्लटिङ गरिएका जग्गा आनाकै लाखौं–करोडौं हालेर किने र फेरि लाखौं खर्चिएर घर बनाए । चर्को शुल्कमा भाडामा लगाए ।
अहिले उपत्यकामा बस्ती बाक्लिँदा पानी र फोहोरको मात्र समस्या उत्पन्न भएन, सरकारी जग्गा र सार्वजनिक सम्पदा पनि मासियो । व्यक्तिहरुको कब्जामा गयो । विडम्बना, यसप्रति कसको आँखा जाने । ०७९ वैशाख ३० गते भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) र उपमेयरमा सुनिता डंगोल निर्वाचित भए ।
निर्वाचनका बेला नुवाकोट र धादिङबासीले फोहोर फ्याँक्न रोकिदिएका थिए । यसले उपत्यका दुर्गन्धित भयो । सडक–गल्लीमा फोहोरको डंगुर थुप्रिएको थियो । अनि फोहोरमा पनि राजनीति गरियो । मेयर नबन्दै बञ्चरेडाँडा पुगेर बालेनले आफू निर्वाचित भएमा यो समस्या समाधान गर्ने आश्वासन दिए । र, मेयर बनेपछि फोहोर समस्या समाधान नगरेसम्म खाँदा नलगाउने बताए । बालेन मेयरबाट प्रधानमन्त्री बने । दुर्भाग्य, उपत्यकाको फोहोर समस्या अझै सल्टिएन । यसले बालेनले पनि फोहोरमाथि राजनीति गरेको सावित हुन्छ । फोहोरका कारण नुवाकोट र धादिङबासीले ज्यानै गुमाउनुपरेको छ । त्यसैले, अब उनीहरुले फोहोर फ्याँक्न दिनुहुन्न । अरुको सुविधाका जनप्रतिनिधिले धमाधम जग्गा प्लटिङ र घर नक्सा पास गरिदिएर भूमाफियाको हित गरिदिए । माओवादी जनयुद्धलगायत विविध कारणले गाउँ बस्ने अवस्था नभएपछि मानिसहरु उपत्यका छिरे । प्लटिङ गरिएका जग्गा आनाकै लाखौं–करोडौं हालेर किने र फेरि लाखौं खर्चिएर घर बनाए । चर्को शुल्कमा भाडामा लगाए ।
अहिले उपत्यकामा बस्ती बाक्लिँदा पानी र फोहोरको मात्र समस्या उत्पन्न भएन, सरकारी जग्गा र सार्वजनिक सम्पदा पनि मासियो । व्यक्तिहरुको कब्जामा गयो । विडम्बना, यसप्रति कसको आँखा जाने । ०७९ वैशाख ३० गते भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) र उपमेयरमा सुनिता डंगोल निर्वाचित भए ।
निर्वाचनका बेला नुवाकोट र धादिङबासीले फोहोर फ्याँक्न रोकिदिएका थिए । यसले उपत्यका दुर्गन्धित भयो । सडक–गल्लीमा फोहोरको डंगुर थुप्रिएको थियो । अनि फोहोरमा पनि राजनीति गरियो ।
मेयर नबन्दै बञ्चरेडाँडा पुगेर बालेनले आफू निर्वाचित भएमा यो समस्या समाधान गर्ने आश्वासन दिए । र, मेयर बनेपछि फोहोर समस्या समाधान नगरेसम्म खाँदा नलगाउने बताए । बालेन मेयरबाट प्रधानमन्त्री बने ।दुर्भाग्य, उपत्यकाको फोहोर समस्या अझै सल्टिएन । यसले बालेनले पनि फोहोरमाथि राजनीति गरेको सावित हुन्छ । फोहोरका कारण नुवाकोट र धादिङबासीले ज्यानै गुमाउनुपरेको छ । त्यसैले, अब उनीहरुले फोहोर फ्याँक्न दिनुहुन्न । अरुको सुविधाका लागि आफ्नो ज्यान दाउमा राख्ने काम बन्द गरौं । अहिले यो नगरे सधैंभरि सहिरहनुपर्ने छ ।
रुषा थापा
भक्तपुर