२०८३ श्रावण ३० , शनिवार

आयल निगमले थाल्यो काठमाडौंका ५ स्थानबाट ग्यास बेच्न, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

noc-nepal-2019

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल आयल निगमले शनिबारदेखि उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्यास बिक्री गर्न शुरु गरेको छ ।

उपभोक्ताले पछिल्लो समय  खाना पकाउने एलपी ग्यासको चरम अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा ग्यास उद्योगी मार्फत ग्यास बिक्री वितरण गर्न लागिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

 

अति आवश्यक परेका उपभोक्तालाई मात्र लक्षित गरी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री वितरण गर्न लागिएको उनले बताए ।

ग्यास खरिद गर्न चाहने उपभोक्ताले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लिएर जानुपर्ने छ ।