
सुनाखरी न्युज/ काठमाडौँ ।
काठमाडौँ उपत्यकामा हरियो तरकारीको मूल्य अत्यधिक बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो साताको तुलनामा यस वर्ष साउनको पहिलो साता पाँच गुणासम्म प्रतिशतसम्मले बढेको छ । कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले उपत्यकाका बजारमा धेरै तरकारी आउने चितवन मकवानपुरसहित तराईका जिल्लामा धान रोपाइँपछि तरकारी आउन छोडेपछि तरकारीको भाउ क्रमशः बढेको जानकारी दिनुुभयो ।
ती ठाउँमा तत्काल आउने तरकारी नभएकाले असोजरकात्तिकसम्म नै यही अवस्था रहने पनि उहाँको भनाइ छ । समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको माग उच्च भएका बेला आयात घटेकाले भाउ महँगिनु स्वाभाविक भएको बताउनुभयो । नियमित आउनुपर्ने तरकारी बजारमा समयमै नआउँदा धेरै बिग्रेर फाल्नुपर्ने अवस्थाले गर्दा पनि महँगो भएको उहाँको भनाइ छ । समितिका अनुसार यस अवधिमा सबैभन्दा धेरै तनेबोडीको मूल्य बढेको छ । त्यसपछि तितेकरेला, भन्टा, घिउ सिमी, सागलगायतका मूल्य पनि गत वर्षको तुलनामा उल्लेख्य बढेको छ ।