२०८३ असार २६ , शुक्रवार

राइड सेयरिङ सवारीलाई छुट्टै पहिचान चिन्हको व्यवस्था गर्न आशिका तामाङको माग

aashika-2

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै राइड सेयरिङ सेवामा आबद्ध युवाहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले राइड सेयरिङ सेवामा आबद्ध गणेश नेपालीले यात्रु पु¥याएपछि त्रिपुरेश्वरमा मोटरसाइकल पार्क गरेर राहदानीसम्बन्धी कामका लागि जाँदा महानगरपालिकाले ह्विल लक लगाएको र त्यसपछि मानसिक तनावमा परेर आत्मदाह प्रयास गरेको बताइन् ।

राइड सेयरिङ सेवामा आबद्ध मुगुका गणेश नेपाली भाइले यात्रुलाई त्रिपुरेश्वरमा पुर्‍याएपछि आफ्नो राहदानीसम्बन्धी कामका लागि मोटरसाइकल पार्क गरी कार्यालय जाँदा महानगरपालिकाले सवारीमा ह्विल लक लगाएको रहेछ,’ उनले भनिन्, ‘त्यसपछिको मानसिक तनावका कारण उहाँले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्महत्या गर्ने प्रयास गरेको खबरले आज हामी अत्यन्त दुःखी भएका छौँ।’