२०८३ कार्तिक ८ , शनिवार

कात्तिक ११ देखि १५ सम्म नेपालमा मौसम सक्रिय हुने

weather-1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक ११ गते (बुधबार) बाट मौसम प्रणाली सक्रिय हुने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

आपूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा ज बिहानबाट न्यून चापीय क्षेत्रमा विकसित भएको र उक्त न्यून चापीय क्षेत्र क्रमशस् बलियो हुँदै जाने जानकारी गराएको हो ।

 

कात्तिक ९ गते उक्त प्रणाली चक्रवात आँधीमा विकसित भइ पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तटबाट जमिनको भू–भागमा प्रवेश गर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

उक्त मौसम प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ सम्म नेपालको मौसममा प्रभाव गर्ने  विभागले जनाएको छ ।