२०८३ असार २३ , मंगलबार

मौद्रिक नीति सार्वजनिक यस्ता छन् लक्ष्य र प्राथमिकता (पूर्ण पाठ सहित)

gov_monetary–1024×598

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

नीतिले मुद्रास्फीति दर ५.५ प्रतिशत भित्र राख्ने लक्ष्य लिएको छ । त्यस्तै  निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले बढाउने लक्ष्य लिएको छ ।

मौद्रिक नीतिको लचिलो कार्यदिशालाई आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिएको गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बताए । बैंक तथा वित्तीय संस्थाका शाखा स्थापना र समायोजन गर्न सहज व्यवस्था आगामी आवको मौद्रिक नीतिले गरेको पौडेलले बताए ।

बैंक तथा वित्तीय संस्थाको लागत घटाउन आवश्यक व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख छ । त्यसैगरी आगामी आवको मौद्रिक नीतिले बैंक दर, नीतिगत दर, निक्षेप संकलन दर, अनिवार्य नगद मौज्दात, वैधानिक तरलता अनुपात हालकोलाई नै निरन्तरता दिएको गभर्नर पौडेलले बताए ।