२०८३ असार २१ , आइतवार

पाराग्वेलाई हराउँदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा

8E21C49F-D0BB-4CE0-BE77-59F8F240633B

सुनाखरी न्युज / काठमाडौं ।

फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।अन्तिम १६ अन्तर्गत भर्खरै सम्पन्न रोमाञ्चक भिडन्तमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै पूर्वविजेता फ्रान्सले अन्तिम आठको यात्रा तय गरेको हो। फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले निर्णायक गोल गरे ।

एम्बाप्पेले खेलको ७०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। खेलको इन्जुरी समयमा एम्बाप्पेले बुनेका दुईवटा उत्कृष्ट प्रहारलाई पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले उत्कृष्ट बचाउ गर्दै खेललाई थप रोमाञ्चक मोडमा पुर्‍याएका थिए। यद्यपि, पाराग्वेले खेलमा फर्कने अन्य कुनै बलियो अवसर सिर्जना गर्न सकेन।

यस गोलसँगै एम्बाप्पेको विश्वकप इतिहासमा कुल गोल सङ्ख्या १९ पुगेको छ। उनी अर्जेन्टिनी जादुगर लियोनल मेसीको कीर्तिमानभन्दा मात्र एक गोलले पछि छन्। जारी विश्वकपमा मात्रै एम्बाप्पेको यो सातौँ गोल हो। यससँगै गोल्डेन बुटको दौडमा पनि एम्बाप्पे र मेसीबीच कडा प्रतिस्पर्धा देखिएको छ।