
सुनाखरी न्युज / काठमाडौं ।
काठमाडौँको माइतीघर मण्डलामा हक अधिकार र जीविकोपार्जनको माग राख्दै आन्दोलनरत सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूको धर्ना तथा आन्दोलन १२ औँ दिन पनि जारी रहेको छ।
लामो समयदेखि शान्तिपूर्ण रूपमा धर्ना दिँदै आएका दृष्टिविहीनहरूले हिजो ( बिहीबार ) सरकारलाई दबाब दिने उद्देश्यले सिंहदरबार घेराउ गर्न अघि बढेका थिए, तर प्रहरीले उनीहरूलाई भद्रकाली नजिकै बीच बाटोमै रोकेको थियो। दृष्टिविहीनहरूको माग सम्बोधन नभएका कारण विगत १२ दिनदेखि उनीहरू निरन्तर माइतीघरमा आन्दोलनरत छन्।
सडक पेटीमा व्यापार व्यवसाय र सडक सङ्गीत प्रस्तुत गरेर जीविकोपार्जन गर्दै आएका उनीहरूलाई पछिल्लो समय सरकारले व्यवसाय गर्न नदिएको गुनासो छ। सरकारले दृष्टिविहीनहरूको सम्मानजनक रूपमा व्यवस्थापन गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ।