
सुनाखरी न्युज/ काठमाडौँ ।
भन्सार विभागको निमित्त महानिर्देशकको जिम्मेवारी भरतमणि पाण्डेलाई दिइएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मन्त्रिस्तरीय निर्णयबाट महानिर्देशक श्यामप्रसाद भण्डारी लाई सोमवार मन्त्रालय तानिएको थियो ।
भण्डारी २०८२ भदौ १ गतेदेखि महानिर्देशकको जिम्मेवारीमा गएका थिए। बजेट भाषणअघि जेठ १५ आसपास रसुवा भन्सारबाट भएका गाडी जाँच पासमा त्रुटि देखिएपछि १३ कर्मचारीलाई कारबाही गरिएको थियो ।
भन्सार नाकामा बजेट भाषण अघि देखिएको त्रुटि प्रकरणमा विभागीय प्रमुखलाई पनि नैतिक जिम्मेवार बनाउन भन्दै उनलाई मन्त्रालयमा तानिएको बुझिएको छ ।