२०८३ असार १५ , सोमवार

मेस्सी र रोनाल्डोको भेट फाइनलमा मात्रै सम्भव

FBL-LATAM-EURO-2016-ARG-POR-FRIENDLY

सुनाखरी न्युज /  काठमाडौं ।

फिफा विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलमा पोर्चुगल र कोलम्बिया बीचको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि नकआउट चरणको समीकरणमा ठूलो फेरबदल आएको छ। उत्तर अमेरिकामा भइरहेको विश्वकप फुटबलको महाकुम्भमा कीर्तिमानी छैटौं पटक विश्वकप खेलिरहेका अर्जेन्टिनाका मेसी र पोर्चुगलका रोनाल्डोबीचको प्रतिस्पर्धा हेर्न धेरै समर्थक इच्छुक थिए ।

शनिबार राति सम्पन्न समूह के को खेलमा कोलम्बियासँग ०- ० को बराबरी खेलेपछि पोर्चुगल उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। अर्कोतर्फ, लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना भने आफ्नो समूह जे को विजेता बन्ने निश्चित भइसकेको छ। यसअघिको गणितीय प्रक्षेपण अनुसार दुवै टोली समूह विजेता बनेको खण्डमा क्वार्टरफाइनलमा आमनेसामने हुने समीकरण थियो।