
सुनाखरी न्युज/ काठमाडौं ।
१८ वर्षभन्दा कम उमेरमा विवाह गर्ने र गराउनेमाथि हुने सजाय यथावत रहनेछ । तर १८ वर्ष पूरा भएर २० वर्ष नपुगेका
किशोरकिशोरीहरूबीच विवाह भएमा कैद हुने व्यवस्था हटाइएको छ । प्रस्तावित व्यवस्था अनुसार, १८ देखि २० वर्षका किशोरकिशोरीले विवाह गरेमा २५ देखि ५० हजार रुपैयाँ जरिबाना हुनेछ । उनीहरूलाई कैद हुनेछैन ।
तर १८ वर्ष पूरा भएर २० वर्ष नपुगेका किशोरकिशोरीहरूबीच विवाह भएमा कैद हुने व्यवस्था हटाइएको छ । प्रस्तावित व्यवस्था अनुसार, १८ देखि २० वर्षका किशोरकिशोरीले विवाह गरेमा २५ देखि ५० हजार रुपैयाँ जरिबाना हुनेछ । उनीहरूलाई कैद हुनेछैन ।
सरकारले किशोकिशोरीहरूबीच उमेर नपुग्दै आपसी सहमतिमा हुने शारीरिक सम्पर्कको कसुरको मात्रा पनि घटाएको छ । विवाहको उमेर नपुगेका तर प्रेम सम्बन्धका कारण आपसी समझदारीमा सम्पर्क कायम गरेकाहरूलाई मात्रै यस्तो सर्त लाग्नेछ ।