
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलप्रति विद्यार्थीहरूले गम्भीर असन्तुष्टि जनाउँदै सडक आन्दोलन सुरु गरेका छन् । नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्यांकन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरूले बिहीबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साह लगायतका विद्यार्थीहरूले गरेका थिए । प्रदर्शनमा सहभागीहरूले १२ वर्षको मेहनत खेर जिम्मेवार को ? जवाफ दे, हाम्रो भविष्य बर्बाद भयो, हामी न्याय खोज्न कहाँ जाँउ ? लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । अर्की विद्यार्थी स्मृति खतिवडाले उत्तीर्ण भएका अधिकांश विद्यार्थीसमेत आफ्नो नतिजाबाट सन्तुष्ट नरहेको बताइन्।