२०८३ असार ९ , मंगलबार

कीर्तिपुरको होल्डिङ सेन्टर ५ दिनभित्र खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

holding-center

सुनाखरी न्युज/ काठमाडौं ।

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीहरूलाई ५ दिनभित्र भवन खाली गर्न सूचना जारी गरेको छ। सोमबारदेखि सुरु भएको यो समयसीमा आगामी शुक्रबारसम्म कायम रहनेछ । हाल कीर्तिपुर होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना बसोबास गर्दै आएका छन्।

यस्तो सुरक्षा संवेदनशीलता र मानवीय सङ्कट आउन नदिन वर्षायामअगावै सुकुमबासीहरूलाई सुरक्षित स्थानमा पठाउन ५ दिने अल्टिमेटम दिनुपरेको समितिको भनाइ छ,’सूचना अधिकारी बानियाँका अनुसार, स्व- व्यवस्थापनका लागि सहयोग लिन चाहने परिवारले आफ्नो बैंक खाता नम्बरसहितको निवेदन पेस गर्नुपर्नेछ।

निवेदन प्राप्त हुनासाथ सम्बन्धित परिवारको खातामा २५ हजार रुपैयाँ जम्मा गरिदिने प्रक्रिया सुरु गरिनेछ। होल्डिङ सेन्टर खाली गराउन सरकारले राहत तथा पुनर्स्थापना प्याकेज अघि सारेको भन्दै अब कार्यान्वयन गर्ने समितिले जनाएको छ ।