
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले पत्रकार ब्रफिङमा आफूले सुझबुझपूर्ण रूपमा उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।
सोमबार पत्रकारहरुसँग कुरागर्दै महामन्त्रीमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । उनले अहिले महाधिवेशनमा भएको कमजोरी हटाउन पनि आफू योग्य दाबी गर्दै सही मान्छे सही पदमा हुनुपर्ने भन्दै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताए ।
आइतबारबाट सुरु भएको रास्वपाको महाधिवेशनमा बन्दसत्र केहीबेरमा सुरु हुँदै छ ।