
सुनाखरी न्युज/ काठमाडौं ।
रास्वपा महाधिवेशनमा सहभागी हुनका लागि नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन् । रास्वपाको पहिलो महाधिवेशन केहीबेरमा सुरु हुँदैछ । रास्वपाले गरेको निम्तो स्वीकार्दै थापा चितवन पुगेका हुन् । रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, जनप्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने कार्यक्रम छ।
महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) का नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसकेका छन् । रास्वपाले अन्य दलका शीर्ष नेताहरूलाई पनि निम्तो पठाएको छ ।