
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री बालेन शाह रास्वपाको पहिलो महाधिवेशनमा भाग लिन चितवन पुगेका छन् । उनी केहीबेरअघि भरतपुर विमानस्थलमा उत्रेका हुन् । उनी परिवारसहित त्यहाँ पुगेका हुन् ।
उनी विमानस्थलबाट छोरी बोकेर बाहिरिएका थिए । विमानस्थलबाट बाहिरिने क्रममा प्रधानमन्त्री शाह आफैँले छोरीलाई काखमा बोकेका तस्बिर र दृश्यहरू देखिएका छन्।
आज अपराह्न भव्य रूपमा सुरु हुने रास्वपाको यस ऐतिहासिक महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम तय भएको छ। आज अपराह्न हुने उदघाटन समारोहमा विभिन्न दलका नेताहरूले शुभकामना दिनेछन् ।