२०८३ असार १ , सोमवार

सियोनको स्वर, योगेन्द्र शब्द संगीतमा ‘कहीँ नभाको जात्रा’ सार्वजनिक

ki

सुनाखरी न्युज/ काठमाडौं ।

गायिका मेलिना राई र सियोन महर्जन  ( क्षितिज )  को युगल स्वरमा  कहीँ नभाको जात्राु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।गीतमा शब्द तथा सङ्गीत योगेन्द्र उपाध्यायको रहेको छ भने रेकर्डिस्टको भूमिकामा शङ्कर लिम्बू रहेका छन्। सङ्गीत संयोजन  ( अरेन्जमेन्ट ) , मिक्सिङ र मास्टरिङको काम विश्व अधिकारीले गरेका छन्।

भिडियोमा कलाकारका रूपमा सियोन महर्जन र खुसी कार्कीले अभिनय गरेका छन्। निर्देशन तथा कोरियोग्राफीको जिम्मेवारी सियोन श्रेष्ठले लिएका छन् भने छायाङ्कन उत्सव दाहालले गरेका छन्। सम्पादन र कलर ग्रेडिङको काम मनोज कार्कीले सम्पन्न गरेका छन्।

यस म्युजिक भिडियोका निर्माता डा.  साइअन महर्जन हुन् भने व्यवस्थापन निर्मल न्यौपाने र प्रस्तुति क्षितिज महर्जनको रहेको छ। भिडियो गायक महर्जनकै आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ। गायक महर्जन द भोइस अफ नेपालु सिजन ७ मा टिम मेलिना को तर्फबाट टप ३ फाइनलिस्ट समेत रहेका थिए।