
सुनाखरी न्युज/ काठमाडौं ।
विश्वकपअन्तर्गत समूह डीको जारी खेलमा अस्ट्रेलियाले टर्कीविरुद्ध २–० को अग्रता लिएको छ।खेलको शुरूआतदेखि नै अष्ट्रेलियाले प्रतिआक्रमणमा आधारित रणनीति अपनाएको देखियो । जसको प्रतिफलस्वरूप नेस्टोरी इरानकुन्डाले पहिलो हाफमै काउन्टर- अट्याकमार्फत उत्कृष्ट फिनिस गर्दै अग्रता दिलाए। पहिलो गोलपछि अष्ट्रेलियाले खेलको गति नियन्त्रणमा राख्दै टर्किएलाई बलमा दबाब दिने अवसर सीमित बनायो।उनले ३ जना डिफेन्डरलाई बिट गर्दै गोल गरेका हुन् ।
उनको गतिले टर्कीएको डिफेन्डरलाई गाह्रो बनायो । पहिलो हाफको ३० औं मिनेटमा टर्कीएले हानेको प्रहार किपरको हात र पोष्टमा लाग्दै बाहिरिँदा टर्कीएले राम्रो अवसर सदुपयोग गर्न सकेन । पहिलो हाफको अन्तिम समयसम्म पनि टर्कीएले अवसरहरु सिर्जना गर्यो तर फिनिस गर्न सकेन ।
खेलको ५६ औैं मिनेटमा टर्कीएले ‘डी’ बक्सको ठिक बीचमा फ्रि किक पाउँदा पनि फिनिस गर्न सकेन । अष्ट्रेलियााको डिफेन्स र गोलकिपरको पनि प्रशंसनिय प्रदर्शन रह्यो । खेलको ७५ औं मिनेटमा अष्ट्रेलियाले दोस्रो गोल ग¥यो । कोनर मेट्काल्फले उत्कृष्ट गोल गरे । बल पोजिसन र सटहरु प्रहार गरे पनि टर्कीएको फिनिस भने हुन सकेन ।
यसअघि आइतबार भएका अन्य खेलमा स्कटल्यान्डले हाइटीलाई पराजित गरेको छ भने कतार र स्विट्जरल्यान्ड तथा मोरक्को र ब्राजिलबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । आजको अन्तिम खेल राति पौने ११ बजे जर्मनी र कुराकाओबीच हुने तालिका रहेको छ ।