
सुनाखरी न्युज/ काठमाडौं।
राप्रपा की सचेतक खुस्बु ओलीले परराष्ट्रमन्त्री शिशिर खनालको हालै सम्पन्न भारत भ्रमणका क्रममा सीमा विवादको विषय प्राथमिकतामा नपरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।दिल्ली भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ताहरूमा परराष्ट्रमन्त्रीले कतै पनि सीमाको विषय नउठाएको ओलीको दाबी थियो ।
‘काठमाडौंबाट दिल्ली जाँदा पछि बोल्छु भन्नुभएको थियो । तर, दिल्लीको औपचारिक वार्तामा कतै सीमाको विषय उठेन,’ बैठकमा बोल्दै ओलीले भनिन्, ‘नेपाली पक्षले निकालेको प्रेस विज्ञप्तिमा सीमा विवादबारे एक शब्द छैन ।
‘संसद्मा पनि सीमा विवादको विषय नउठाएर सीमा व्यवस्थापनको नियमित काम, जंगेपिलर मर्मत र बैठकका विषय मात्रै उठाइएको छ,’ उनले भनिन्, ‘विगत चार वर्षमा कुनै न कुनै रूपमा नेपालको प्रेस नोटमा सीमाको विषय सधैँ रहन्थ्यो । पहिलोपटक अहिले प्रेस नोटबाट यो विषय हटाइएको छ ।’