२०८३ जेठ २७ , बुधवार

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो

12-gold

सुनाखरी न्युज/ काठमाडौं ।

आज सुनको भाउ तोलामै १० हजार १०० रुपैयाँले घटेको छ । सुन आज तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १८५ रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको ४ हजार ७४० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ । ( रासस )