
सुनाखरी न्युज / काठमाडौं ।
सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।आइतबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा ओमानले प्रस्तुत गरेको ९४ रनको लक्ष्य नेपालले ९.२ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लोकश बमले अविजित ४४ रनको इनिङ खेले । उनले २६ बलमा सात चौका र एक छक्का प्रहार गरे । रोहितकुमार पौडेलले अविजित २१ र कुशल भुर्तेलले २० रन बनाए । तेस्रो विकेटका निम्ति लोकेश र रोहितले अविजित ६८ रनको साझेदारी गरे ।
ओमानका निम्ति दुवै विकेट समीर ओटमनले लिए । त्यसअघि, टस जितेर ब्याटिङ रोजेको ओमानले १९।४ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । ओमानका कप्तान सफ्यान मेहमुदले ३८, जुबैर अल बलुशीले २२ र अब्दुल जाइलले १६ रन बनाए ।नेपालका लागि करण केसीले ३ विकेट लिए ।
सोमपाल कामी, सन्दीप लामिछानेले २-२ विकेट लिए । शाहब आलम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले १- १ विकेट लिए । नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग खेल्नेछ । हङकङ र मलेसियाबीच दिउँसो सवा १२ बजेदेखि खेल हुनेछ ।