
नेपालले मेलसियाविरुद्ध चुनातीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि भुर्तेलले ४५ बलमा १० चौका र ७ छक्कासहित शतक पूरा गरेका हुन्। टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २७५ रन जोड्यो। ओपनर कुशल भुर्तेलले शतकीय इनिङ्स खेले। उनले १२६ रन जोडे। ५४ बल खेलेका उनले १४ चौका र ८ छक्का प्रहार गरे।
टी २० आईमा उनको यो तेस्रो शतक हो। यसअघिको खेलमा उनले चीनविरुद्ध १२९ रनको शतकीय पारी खेलेका थिए। ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुशलको यो लगातार दोस्रो तथा समग्रमा तेस्रो शतक हो। उनले यही प्रतियोगितामा चीनविरुद्ध पनि शतक प्रहार गरेका थिए।
कुशलले पहिलो विकेटका निम्ति आसिफ शेखसँग १३४ रनको साझेदारी गरे। आसिफ ६८ रन बनाएर पभेलियन फर्किएका थिए।
बलिङतर्फ मलेसियाका विरनदीप सिंहले तीन तथा सिद अजिज र विजय उन्नीले दुई–दुई विकेट लिए। नेपाल र मलेसिया दुवै टोली यसअघि नै एसियन गेम्समा छनोट भइसकेका छन्।