२०८३ जेठ २१ , बिहिवार

मिस नेपाल २०२६ का लागि आवेदन खुला

709034253_1398412595445211_331816608954013704_n

सुनाखरी न्युज/ काठमाडौं ।

द हिडन ट्रेजरले बहुप्रतीक्षित मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ। आवेदन दिने अन्तिम मिति २५ जेठ सम्म रहेको छ । मिस नेपाल २०२६ को ग्राण्ड फिनाले १६ साउनमा पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ । ग्राण्ड फिनाले हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

मिस नेपाल २०२६ का लागि योग्यता मापदण्ड अनुसार सहभागीहरूको न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षीय हुनुपर्छ ।आवेदकसँग नेपाली नागरिकता हुनुपर्छ। विदेशमा बसोबास गर्ने नेपालीहरूले गृह मन्त्रालयद्वारा जारी एनआरएन कार्डको साथ आवेदन दिन सक्नेछन्।

यस वर्षको प्रतियोगिताबाट ३ जना विजेताहरू घोषणा गरिनेछन् –  मिस नेपाल वल्र्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल। द हिडन ट्रेजरले कज्यारिया रमेश टाइल्स लिमिटेड कम्पनीलाई मुख्य शीर्ष प्रायोजक तथा श्री नटराज ज्वेलर्सलाई सह- प्रायोजकका रूपमा भित्र्याएको छ। नटराज ज्वेलर्स गत वर्षदेखि क्राउन पार्टनर पनि हो।

विराटनगर, इटहरी, बुटवल, पोखरा, नेपालगञ्ज र जनकपुरमा मिस नेपालको खोज गरिने भएको छ। साथै, यस अवधिमा काठमाडौंका १० कलेजहरूमा मिस नेपाल एक्टिभेसन अभियान सञ्चालन गरिनेछ। अन्तिम अडिसन जेठ २९, २०८३ ( २०२६ जुन १२ )  मा काठमाडौंमा आयोजना हुनेछ। साथै, यस अवधिमा काठमाडौंका १० कलेजहरूमा मिस नेपाल एक्टिभेसन अभियान सञ्चालन गरिनेछ ।