
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।
मध्यान्ह १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन।
गएको आइतबार प्रतिनिधिसभामा विपक्षी दलका सांसद्ले सोधका प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भनेर दिएको अभिव्यक्तिको यतिबेला चौतर्फी बिरोध हुँदै आएको छ।