२०८३ जेठ १७ , आइतवार

प्रचण्डको अवस्था सुधारोन्मुख, भोलिसम्म डिस्चार्ज हुने

prachand-in-hospital

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य सुधारोन्मुख देखिएको छ ।निमोनियाका कारण चिकित्सकहरूको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका थिए । चिकित्सकहरूले अहिले भेटघाट नगर्न सल्लाह दिएका दिएका थिए ।

आइतबार प्रचण्डलाई भेट्न पुगेका नेकपाका नेता रामप्रसाद सापकोटा दीपशिखाले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए । सोमबारसम्म उनी डिस्चार्ज हुने दीपशिखाले बताए ।

अस्वस्थका कारण प्रचण्ड जेठ १५ गते टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोह र सङ्घीय संसद्को बजेट अधिवेशनमा पनि सहभागी भएका थिएनन् ।