
सुनाखरी न्युज/ काठमाडौं ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आज संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन्।
सरकारले स्वेच्छिक अवकाश लिने कर्मचारीको लागि विशेष कार्यक्रम ल्याउने भएको छ। निजामति कर्मचारी ऐनले गरेको व्यवस्था अनुसार सुविधा दिन बजेट व्यवस्था गरिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।
सरकारले प्रशासनिक सुधारका क्रममा स्वेच्छिक अवकाश रोज्न चाहने कर्मचारीहरूका लागि बजेटमा अतिरिक्त रकमको व्यवस्था गरेको छ। यस्तो रकम हाललाई अर्थमन्त्रालय अन्तर्गत अर्थ विविध शीर्षकमा राखिने बताइएको छ।
सरकारले चालू आर्थिक वर्षदेखि नै प्रशासनिक खर्च कटौती गर्ने र संरचना छरितो बनाउने कदम चालेको छ। यसअघि मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारिएको छ। संघीय सरकार मातहतका विभिन्न कार्यालयहरू पनि कटौती गर्ने तयारी भइरहेको छ।