
सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले सुनको बिक्रिमा लगाएको २ प्रतिशत विलासिता कर र हिरा मा लगाएको भ्याट हटाउने भएको छ ।
आज दिउँसो घोषणा हुने बजट मार्फत यो ब्यवस्था गर्न लागिएको अर्थ मन्त्रालय स्रोतले बतायो ।
स्रोतका अनुसार भन्सार दर भने बढाएर भारतको सरह वनाउने तयारी सरकारले गरेको छ । भारतमा १५ प्रतिशत भन्सार र ३ प्रतिशत जिएसटी लाग्दछ ।