२०८३ जेठ १२ , मंगलबार

अमेरिकाले गर्‍यो युद्धविरामका बीच इरानमा आक्रमण

Iran-and-USA-Flag-1024×576

सुनाखरी न्युज/ काठमाडौं ।

युद्धविरामका बीच अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ ।

अमेरिकी सेनाका अनुसार इरानी मिसाइल राखिएका ठाउँ र समुद्री सुरुङ (माइन) राख्ने प्रयास गरिरहेका डुंगाहरूलाई लक्षित गर्दै हमला गरिएको हो ।

 

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्ट्रल कमान्ड) ले एक विज्ञप्तिमा ती आक्रमण ‘आत्मरक्षा’का लागि गरिएको दाबी गरेको छ । सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले जारी युद्धविरामका बीच अमेरिकी सेना ‘संयम अपनाउँदै आफ्ना फौजको सुरक्षा गरिरहेको’ जिकिर गरेका छन् ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको वार्तामा केही प्रगति भएको तर द्वन्द्व अन्त्य गर्ने सम्झौता ‘तत्काल हुन नसक्ने’ बताएका बेला अमेरिकाले इरानमा आक्रमण गरेको हो ।

 

अमेरिकी सेन्ट्रल कमान्डका क्याप्टेन हकिन्सका अनुसार आक्रमण इरानको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास नजिकै गरिएको थियो । यो सहर इरानी नौसैनिक अड्डाको केन्द्र हो । यो क्षेत्र होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) क्षेत्रमा अवस्थित छ ।