
सुनाखरी न्युज/ काठमाडौं ।
सेयर बजार घट्ने क्रम तीन दिनदेखि जारी छ । मंगलबार ३९, बुधबार ४ अंक झरेको बजार बिहीबार १० अंक घट्यो ।
आजको कारोबारपछि नेप्से २७३० अंकमा अडिएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । हिजो २ अर्ब ८० करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडको भयो ।