२०८३ बैशाख ३१ , बिहिवार

रास्वपाको पहिलो महाधिवेशन असार ६, ७ र ८ गते चितवनमा

rabi-lamichhane-1024×569

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा प्रथम महाधिवेशन आगामी असार पहिलो साता गर्ने प्रस्ताव पेस भएको छ । महाधिवेशन चितवनमा गर्ने प्रस्ताव छ ।

पार्टी कार्यालय बनस्थलीमा जारी केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका हुन् ।

 

यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । त्यसअनुसार भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्थ्यो ।

रास्वपा २०७९ सालमा गठन भएको थियो ।

 

आजको केन्द्रीय समिति बैठकमा महाधिवेशनसहित विविध विषयमा छलफल गर्ने एजेण्डा रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।