
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठकमा विवाद भएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा शाह अनुपस्थित भएको भन्र्दै विपक्षी दलहरुले विरोध गरेका हुन् ।
आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि उठेका प्रश्नको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची छ ।
यसअघि प्रधानमन्त्री बालेन शाहले जवाफ दिने सम्भावित कार्यसूची सार्वजनिक भए पनि उनले जवाफ नदिने बताएका थिए । त्यसैले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले जवाफ दिन लागेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३-८४ को सरकारको नीति तथा कार्यक्रम यही वैशाख २८ गते संघीय संसद बैठकमा बाचन गरेका थिए ।
त्यसमाथि आज छलफल प्रारम्भ गर्ने, छलफलमा उठेका प्रश्नको जवाफ दिने, सांसदहरुबाट प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र आजै पारित गर्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ ।