२०८३ बैशाख ३० , बुधवार

छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुलाउँदै काठमाडौँ महानगर

Kamanapa

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले जेठ १ गतेदेखि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गर्ने भएको छ । महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३–०८४ मा कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएको हो ।

महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।

अनलाइन आवेदन जेठ १० गतेसम्म दिन सकिनेछ । छात्रवृत्तिका लागि जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ ।