२०८३ बैशाख ३० , बुधवार

रास्वपा केन्द्रीय समिति बैठक आज, के के छन् छलफलको एजेन्डा ?

raswopa-office

सुनाखरी न्युज/ काठमाडौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।

पार्टी सभापति रवि लामिछानेले आज पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

बिहान ९ बजे बस्नेगरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।