
सुनाखरी न्युज/ काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट पुनरागमन गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा स्कटल्यान्डले टस जितेर नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेको थियो ।
कीर्तिपुरस्थित त्रिभुवन युनिभर्सिटी इन्टरनेसनल क्रिकेट ग्राउन्ड मा भइरहेको खेलमा टस जितेको स्कटल्यान्डले पहिले ब्याटिङ गर्दै आक्रामक सुरुआत गरेको थियो । स्कटल्यान्डका ओपनरहरूले नेपाली बलरमाथि दबाब बनाउँदै शतकीय साझेदारी गरेपछि पाहुना टोली बलियो अवस्थामा पुगेको देखिएको थियो ।
२३औँ ओभरको अन्तिम बलमा ब्रान्डन म्याकमुलेन र २५औँ ओभरको दोस्रो बलमा सन्दीपले रिची बेरिङटोनलाई ५ रनमा आउट गरेका हुन् । लगातारका ओभरमा सन्दीपले घातक बलिङ गरेपछि स्कटल्यान्ड २५ ओभरमा १२८ रन जोड्दा ४ विकेट गुमाउने