२०८३ बैशाख २७ , आइतवार

सुनचाँदी ब्यवसायीका समस्या समाधान गर्न महासंघद्धारा अर्थमन्त्री वाग्लेसँग आग्रह

Swornim

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी ब्यवसायीका समस्या समाधान गर्न अर्थमन्त्री स्वर्णिम वाग्लेसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष अर्जुन रसाइलीको नेतृत्वमा आइतबार गएको महासंघको प्रतिनिधीमण्डलले मन्त्री वाग्लेसँग यस्तो आग्रह गरेको हो ।

अर्थ मन्त्रालयमा भएको भेटका क्रममा महासंघका अध्यक्ष अर्जुन रसाइलीले सुनमा लगाइएको २ प्रतिशत विलाशिता कर तत्काल खारेज गर्न माग गर्नुभयो । यस्तै उहाँले भन्सार दर समायोजन गरी भारतसँग मिल्दोजुल्दो बनाउन, कच्चा पदार्थको आपूर्ति ब्यवस्थालाई प्रभावकारी बनाउन, स्वदेशी गहनालाई प्रोत्साहन गर्ने वातावरण वनाउन, चाँदी आयातलाई ब्यवस्थित बनाउन र यसअघि ब्यवसायीहरु सँग भएका सम्झौता र सहमति कार्यान्वयन गर्न मन्त्री वाग्लेसँग आग्रह गर्नुभयो ।

त्यसक्रममा अर्थमन्त्री वाग्लले ब्यवसायीहरुको गुनासोलाई आफूले गंभिरतापूर्वक लिएको र त्यसलाई आगामी बजेट मार्फत उचित संबोधन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मन्त्री वाग्लेसँगको भेटका क्रममा महासंघको तर्फवाट अध्यक्ष रसाइली, वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बज्राचार्य र महानिर्देशक शिव दुवाडीको उपस्थिति रहेको थियो ।

यसअघि महासंघको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयको राजस्व परामर्श समितिको छलफलमा सहभागी भै आफ्नो धारणा राखेको थियो ।