२०८३ बैशाख २७ , आइतवार

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन एजेन्डा

raswapaa-1766316736

 

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी  ( रास्वपा )  को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले आज बैठक बोलाएका हुन् । साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको रास्वपाले जनाएको छ ।

बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन तथा जिल्ला समिति विघटन गर्नेबारे छलफल र आवश्यक निर्णय हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।

पार्टीको संसदीय भूमिकालाई अझ प्रभावकारी बनाउन विधानमा गर्नुपर्ने परिमार्जन र अन्य विविध समसामयिक राजनीतिक विषयहरूमा सचिवालय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्।