२०८३ बैशाख २० , आइतवार

‘मिस नेपाल २०२६’ को आवेदन खुल्ला

Miss Nepal

सुनाखरी न्युज/ काठमाडौं ।

‘मिस नेपाल २०२६’ का लागि आवेदन खुला गरिएको छ । संस्थाका निर्देशक प्रमोद कंसाकारका अनुसार यसपटक पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिस्पर्धी छनोट गरिनेछ ।

आयोजक संस्था ‘द हिडन ट्रेजर’ले इच्छुक युवतीलाई एक महिनासम्म आवेदन दिन सकिने जनाएको छ ।

 

 

आवेदनका लागि उमेर १८ देखि २७ वर्ष हुनुपर्नेछ । ३१ डिसेम्बर २०२६ सम्म २७ वर्ष ननाघेका र १ जनवरी २००० पछि जन्मिएका युवती मात्र योग्य मानिनेछन् । उचाइ कम्तीमा ५ फिट ३ इन्च ९हिल बिना० हुनुपर्नेछ ।

त्यस्तै, आवेदक अविवाहित हुनुपर्ने र पहिले विवाह नगरेको हुनुपर्ने प्रावधान राखिएको छ । नेपाली नागरिकता वा पासपोर्ट अनिवार्य गरिएको छ भने न्यूनतम शैक्षिक योग्यता प्लस टु वा सो सरह हुनुपर्नेछ ।

 

मिस वल्र्ड संगठनको मापदण्डअनुसार शरीरमा ट्याटु नभएको हुनुपर्ने सर्त पनि लागू गरिएको आयोजकले जनाएको छ ।