२०८३ बैशाख १७ , बिहिवार

त्रिवि उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा

Tribhuvan-University

 

सुनाखरी न्युज/ काठमाडौं।

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिएका छन् ।रास्वपा सरकारलाई काम गर्न सहज होस् भनेर उपकुलपति प्रा।डा दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्टार केदार प्रसाद रिजालले राजीनामा दिएका छन् ।

हालै सरकारले सिफारिस गरेको अध्यादेशमा पदाधिकारी हटाउन सक्ने प्रावधान राखिएको र सत्तारुढ दलका कतिपय नेताको पनि त्यस्तै आशय देखिएपछि पदाधिकारीले बिहीबार कुलपति वालेन्द्र शाहलाई राजीनामा पठाएका हुन् ।

शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल भने २०८० चैत ३० मा नियुक्त भएका थिए। सरकारले नियुक्त भएका सबै पदाधिकारी हटाउन अध्यादेश सिफारिस गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेशबारे अध्ययन गरिरहेको उनको कार्यालयले जनाएको छ ।

केसी र रिजाल प्रचण्ड प्रधानमन्त्री भएका बेला मेरिटका आधारमा नियुक्त भएका थिए भने अर्याल केपी शर्मा ओलीको पालामा मेरिटकै आधारमा नियुक्त भएका थिए ।